चट्याङ र हावाहुरीसहित देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना

आज (मंगलबार) देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको मौसविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी क्षेत्रमा भने सोमबार रातिदेखि नै पानी परिरहेको छ।

अहिले काठमाडौं उपत्यकालगायत मध्य र पूर्वी क्षेत्रमा भने घाम लागिरहेको छ। तर दिउँसो ४ बजेपछि मौसम बदली भई देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए।

‘दिउँसो ४ बजेपछि देशभरकै मौसम बदली हुने र धेरै ठाउँमा वर्षा हुने सम्भावना छ,’ मंगलबार बिहान नेपालखबरसँग मौसमविद् पौडेलले भने, ‘चट्याङ र हावाहुरीको सम्भावना पनि छ, तर त्यस्तो ठूलो हावाहुरी आउने देखिन्न।’

उनका अनुसार साँझपख काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना छ।

देशका सबै क्षेत्रमा वर्षाको सम्भावना रहे पनि विशेषगरी पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए।

पश्चिमी क्षेत्रमा पश्चिमी वायु र मध्य तथा पूर्वी क्षेत्रमा स्थानीय वायुको प्रभावले मौसम बदली तथा वर्षाको सम्भावना गराएको उनले बताए। 

हिउँदयाम अर्थात् विन्टरको अवधि सकिएर प्रिमनसुन सुरु हुन लागेकाले अब मौसम चट्याङ, हावाहुरीसहित वर्षा हुनेतर्फ उन्मुख भइरहेको वरिष्ठ मौसमविद् पौडेलले बताए।

‘बिस्तारै चट्याङ र हावाहुरी सुरु हुँदै छ,’ उनले भने, ‘यो प्रिमनसुनी गतिविधि हुन्, यो बढ्दै जान्छ।’

मनाङ आहारारा गोल्डकपको फाइनलमा

Previous articleम्यानहैटन क्यान्ससमा नेपाली साँझ
Next articleतीर्थयात्राका क्रममा भारतमा ज्यान गुमाएकाहरूकाे सामूहिक दाहसंस्कार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।