कलेजोले काम नगरेपछि परदेशमै अस्ताए चितवनका बिनोद

कलेजोले काम नगरेपछि परदेशमै अस्ताए चितवनका बिनोद

दोहा, असार २ । वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका एक नेपालीको मृ’त्यु भएको छ। चितवन भण्डारा-५ का बिनोद बुर्लाकोटीको मृ’त्यु भएको हो। कलेजोमा स’मस्या देखिएपछि कुवेतको अदान अस्पतालमा भर्ना भएका बुर्लाकोटीको गत आइतबार मृ’त्यु भएको त्यहाँस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।

उनको श’वलाई कम्पनी तथा परिवारसँग समन्वय गरेर चाँडै नेपाल पठाइने दूतावासले जनाएको छ। उनी तीन बर्षदेखि त्यहाँको नवाफ मुतेरी कम्पनीमा कार्यरत रहेका थिए। कोरोना महा’मारीका कारण कुवेत – नेपाल सीधा हवाई उडान बन्द हुँदा सोमबार मात्र कुवेतमा मृत्यु भएका चार नेपालीको श’व दूतावासले कतारको दोहा हुँदै नेपाल पठाएको थियो।

कुवेतमा बिल्डिङबाट खसेर भोजपुरका प्रशन राइको मृ’त्‍यु

हरी कृष्ण न्यौपाने- भोजपुर घर भई कुवेतमा कार्यरत प्रशन राइको बिल्डिङबाट खसेर मृत्‍’यु भएको छ। राइको कुवेतको महाबुल्ला स्थित कम्पनीकै बिल्डिङबाट खसेर १२ जुन,२०२१ शनिबार बेलुका मृत्‍’यु भएको हो । नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालले तीतोपाटी डटकम संग कुरा गर्दै भने “ राहदानी नं-०६१८२०२५ का प्रशन राइको आफु बस्ने कम्पनीकै बिल्डिङबाट खसेर मृत्‍यु भएको प्रारम्भिक जानकारी आएको छ।”

मृतक राइ किचन हेल्परको रुपमा काम गर्दै आएको जानकारी आएको छ। सिलवालले थपे” कम्पनी र परिवार संग समन्वय गर्दै कानुनी प्रकृया शुरु भएको छ भने सम्बन्धित निकायले मृत्‍युको सम्बन्धमा अनुसन्धान गरिरहेको छ।” तीतोपाटी डटकम

यस्ताे आयाे शालिनको पोस्टमार्टम रिपोर्ट ( भिडियो सहित )

Previous articleउर्लियो नारायणी: ईतिहासकै ठुलो बाढी, राती ९ बजे यस्तो आयो रिपोर्ट
Next articleबागमती प्रदेशको ५७ अर्ब ७२ करोडको नयाँ बजेट: खोप लगाउन २ अर्ब (पूर्णपाठ)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।