विद्यार्थीलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम

कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा अध्ययनरत विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम दिइएको छ।

कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई अन्तिम परीक्षा र एसईईलाई लक्षित गरी ३ दिनसम्म तालिम सञ्चालन गरिएको हो। प्रशिक्षक कविता राईले आत्म जागरण, अन्तर वैयक्तिक सम्बन्ध, सिर्जनशील सोचाइ, समालोचनात्मक सोचाइ, निर्णय क्षमता, सकारात्मक सोच, समस्याको समाधान गर्ने सीपलगायतका विषयमा तालिम दिएकी थिइन्।

क्यारिन नेपाल र साथी नेपालको सहयोगमा भएको तालिमको उद्घाटन रुपा गाउँपालिका वडा नं. २ की कार्यवाहक वडा अध्यक्ष हिता रुपाखेतीले गरेकी थिइन्। कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत विकास पौडेल, दानबहादुर भुजेल, विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, सहायक प्रधानाध्यापक ऋषिराम ओझालगायतले शुभकामना दिएका थिए।

प्रशिक्षार्थीहरुका तर्फबाट बोल्दै छात्रा आरती सुर्खाली र छात्र कल्पित ओझाले तालिमले आफूहरुमा व्यावहारिक परिवर्तन ल्याउने सघाउ पु¥याउने विश्वास व्यक्त गरे।

कमेडी च्याम्पियन मु’र्दावाद भन्दै लाग्यो नारा ! गम्भीर घोटाला भएको आरोप

Previous articleट्रम्प भ्रमणमा रहेका बेला भारतमा हिंस्रक प्रदर्शन, प्रहरीसहित ७ जनाको मृत्यु
Next articleचीनमा कोरोनाबाट संक्रमित २७ हजार ३२३ उपचारपछि स्वस्थ बने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।