केपी ओलीको बचाउ गर्दै सूर्य थापाले गरे ट्विट, समाचारमा सत्यता नभएको दाबी

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्दै प्रेस सल्लाहकार सूर्य थापाले ट्विट गरेका छन् ।

बुधबार नेकपा सचिवालय बैठकमा भएका भनिएका संविधान संशोधनका विषयमा प्रधानमन्त्री ओलीलाई जोडेर आएको समाचारको सल्लाहकार थापाले खण्डन गरेका छन् ।

प्रेस सल्लाहकार सूर्य थापाले स्रोतको हवाला दिँदै आएका समाचारमा सत्यता नभएको दाबी गरेका छन् । पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशोधनको कुनै प्रस्ताव नराखेको थापाले दाबी गरेका छन् ।

थापाले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने र राष्ट्रिय सभामा सिट संख्या थप्ने’ जस्ता कुनै पनि प्रस्ताव राख्नु भएको छैन । यसप्रकारका समाचारमा कुनै सत्यता नभएको व्यहोरा जानकारी गराउन चाहन्छु ।’

पातारासी गाउँपालिकाको बजेट ४५ करोड : शिक्षा कृषि र सडक प्राथमिकतामा

Previous articleअन्टार्कटिकाबाहेक सबै महादेशमा पुग्यो कोरोना संक्रमण
Next articleटिमुरेका १६ प्रहरीलाई निलम्बन गर्न सिफारिश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।