कोरोना भाइरसको सङ्क्रमण रोक्न जापानभर विद्यालयहरू बन्द

टोकियो । कोरोनाभाइरसको सङ्क्रमण फैलिनबाट रोक्नको लागि जापानभर विद्यालयहरू बन्द गर्न भनिएको छ । बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोनाभाइरसको सङ्क्रमण रोक्नको लागि देशभरका विद्यालयहरूलाई केही हप्ता बन्द गर्न आग्रह गर्नुभएको हो । अधिकारीहरूले जापानमा कोरोना भाइरसका कारण चौथो व्यक्तिको मृत्यु भएपछि प्रधानमन्त्रीले उक्त आह्वान गर्नुभएको हो ।

कोरोना भाइरस सङ्क्रमित यात्रु भेटिएपछि जहाजमा नै क्वारेन्टाइनमा राखिएका करिब ७०० यात्रुलाई जापानमा डायमण्ड प्रिन्सेस नामक पानीजहाजका चालक दलका सदस्यले छोडिदिएपछि पछिल्लो कदम आएको हो । “सरकारले बच्चाहरूको स्वास्थ्य र सुरक्षालाई अरूभन्दा उच्च प्राथमिकता दिनुपर्छ,” आबेले भन्नुभयो ।

हामी देशभरका सबै प्राथमिक निम्न माध्यामिक र माध्यमिक विद्यालयलाई यही मार्च २ गतेदेखि अस्थायीरूपमा केही समयका लागि अर्थात् हिउँदे विदासम्मका लागि बन्द गर्न आह्वान गरेका छौँ । जापानमा ‘स्प्रिङ होलिडे’ मार्चको अन्त्यमा सुरू हुने गर्छ । जापानको उत्तरी होकाइदो शहरमा गत बिहीबार एक असी वर्ष पार गरेका वृद्धलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि त्यहाँका सार्वजनिक प्राथमिक तथा निम्नमाध्यमिक विद्यालयहरू यस अघि देखि नै बन्द भइसकेका छन् ।

साभार रासस

The post कोरोना भाइरसको सङ्क्रमण रोक्न जापानभर विद्यालयहरू बन्द appeared first on Rajdhani Daily News.

७८ पांग्रे गाडीमा यस्तो अजंगको मेसिन कसले किन लिएर आयो?

Previous articleचार किलो गाँजा सहित ७ जना पक्राउ
Next articleदुध पुर्‍याउन गएकी फुपुकी छोरीले जब भण्डारी दम्पती ढलिरहेको देखिन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।