प्रदेशलाई कमजोर बनाउन विभिन्न चलखेल भइरहेको छ : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनको लागि संघ सरकार इमान्दार हुन नसकेको बताएका छन् ।

मानव अधिकार पत्रकार संघले जनकपुरमा आज आयोजना गरेको संघीयता कार्यान्वयनमा सरोकारबलाको भूमिका विषयक कार्यशालामा मुख्यमन्त्री राउतले विविधता भित्रको एकतालाई दर्शाउन मुलुकमा संघीयता ल्याइए पनि कार्यान्वयन गर्ने पक्ष इमान्दार हुन नसकेको बताए ।

उनले संघीयता कार्यान्वयनको लागि सबै भन्दा महत्वपूर्ण पक्ष रहेको प्रदेशलाई कमजोर बनाउन विभिन्न चलखेलहरु भइरहेको उल्लेख गर्दै भने, ‘शुरुमा कामै न लाग्ने कर्मचारीहरु पठाइयो, बजेटको बाँडफाँड पनि अन्याय पूर्ण भयो । कसरी संघीयता कार्यान्वयन हुन्छ ।’

उनले केन्द्रिकृत एकात्मक सोच बोक्नेहरु संघीयतालाई कमजोर गर्ने जति प्रयास गरे पनि अवको पाँच वर्षमा मुलुक कोल्टो फेर्नेमा आफु विश्वस्त रहेको बताए । उनले भने, ‘गाउँ गाउँमा विकासको आभास भइरहेको छ, जनताको घर घरमा प्रदेश सरकारको अनुभूति गराउने काम भइरहेको छ ।’

मानव अधिकार पत्रकार संघको अध्यक्ष घनश्याम खडकाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा, प्रदेश सभा सदस्य, नागरिक समाज र पत्रकारहरुको सहभागिता रहेको थियो ।

The post प्रदेशलाई कमजोर बनाउन विभिन्न चलखेल भइरहेको छ : मुख्यमन्त्री राउत appeared first on Rajdhani Daily News.

तिन करोड नेपालीका प्रिय मान्छे कुलमानलाई पि’तृ’शो’क, बाथरुम जाने क्रममा बे’होस भएर बुवाको मृ’त्यु

Previous articleसिरियाले टर्कीमाथि गरेको आक्रमणमा ३३ सैनिक मारिए
Next article२० हजार घुससहित धनुषाका वडासचिव पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।