२० हजार घुससहित धनुषाका वडासचिव पक्राउ

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुन्धान आयोगका टोलीले एकजना सेवाग्राहीसंग घूस लिइरहेको बेला धनुषाको एक वडासचिवलाई आज पक्राउ गरेको छ ।

धनुषाको धनौजी गाउँपालिका वडा नं. २ का वडा सचिव सुशिल ठाकुर २० हजार घुससहित अख्तियार दुरुपयोग अनुन्धान आयोगको फन्दामा परेका छन् । सचिव ठाकुरले जन्म प्रमाणितको सिफारिस वापत २० हजार रुपैयाँ मागेपछि पक्राउ परेका हुन् ।

जन्म प्रमाणित गराउन एक सेवाग्राहीलाई २० हजार रुपैयाँ घुस दिन भनेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।

ठाकुरलाई २० हजार रुपैयाँ लिसकेको अवस्थामा रकमसहित उनकै कार्यकक्ष (अफिस) बाट नियन्त्रणमा लिएको हो । सचिव ठाकुरलाई अनुसन्धानको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा लगिएको जनाइएको छ ।

The post २० हजार घुससहित धनुषाका वडासचिव पक्राउ appeared first on Rajdhani Daily News.

‘आँप टिपिदिने भन्दै बगैँचामै जब’रज’स्ती क’रणी, अनि मा’रेर झाँडीमा फा’ल्ने ’, भारतीय नागरिक समातिए

Previous articleप्रदेशलाई कमजोर बनाउन विभिन्न चलखेल भइरहेको छ : मुख्यमन्त्री राउत
Next articleसुदुरपश्चिम राष्ट्रको दाहिने आँखा र दाहिने हात हो : राष्ट्रपति भण्डारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।