
सुर्खेत, १७ फागुन । नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पुर्याउने उद्देश्यले यात्रुबाहक बसमा कर्णालीका पर्यटकीयस्थल अङ्कित स्टिकर टाँस्न शुरु गरिएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा सुर्खेत काँक्रेविहार यातायात प्रालिले बसमा स्टिकर टाँस्न थालेको हो । कर्णालीका १० वटै जिल्लाका प्रमुख पर्यटकीयस्थलहरुको तस्वीरसहितको स्टिकर प्रकाशन गरिएको छ । स्टिकरमा पर्यटकीयस्थलका […]


