टिकट का’टेर नेपाल उड्न ठिक्क परेकालाई अर्को झ’मेला, क्वारेन्टिनको व्यवस्था नभएको भन्दै उद्धार उडान स्थगन गर्न निर्देशन

टिकट का’टेर नेपाल उड्न ठिक्क परेकालाई अर्को झमे’ला, क्वारेन्टिनको व्यवस्था नभएको भन्दै उद्धार उडान स्थगन गर्न सिसिएमसीको निर्देशन

कोभिड १९ संकट व्यवस्थापन समिति(सिसिएमसी)ले तत्काल विदेशबाट आएका नेपालीहरुलाई बस्नका लागि क्वारेन्टिनको व्यवस्था नभएको भन्दै उद्धार उडान स्थगन गर्न निर्देशन दिएको छ। समितिले तत्काल देशका विभिन्न ठाउँमा निषे’धित क्षेत्र तोक्ने क्रम बढेको र यस्तोमा क्वारेन्टिनका लागि होटलको व्यवस्था भएको जानकारी नआएकाले यसअघि दिइएको उद्धार उडानको अनुमति स्थगन गर्न निर्देशन दिएको हो।

समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिंदै यसपछि पनि उडान अनुमति दिंदा क्वारेन्टिनको उपलब्धतता हेरेरमात्र दिन भनेको छ। आजदेखि दोस्रो चरणको उद्धार उडान गर्ने भनेर उडान तालिका सार्वजनिक गरेको नेपाल एयरलाइन्सले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै रोक्ने सूचना जारी गरेको छ।

कोभिड १९ संकट व्यवस्थापन समितिको निर्देशनअनुसार भोलिदेखिका सबै उद्धार उडान स्थगित भएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ। यद्यपी आजका लागि तय भएको काठमाडौं –दुवई उडान भने यथावत रहेको एयरलाइन्सले जानकारी दिएको छ।

नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उ’द्धार चार्टर्ड उडान गर्नका लागि अनुमति दिने यसअघि समितिले नै निर्णय गरेको थियो। यो अवधिमा कूल ४३ उडान हुने बताइएको थियो। नेपाल एयरलाइन्सले १७ देखि ३१ अगष्टसम्म र हिमालय एयरलाइन्सले १६ देखि ३० अगष्टसम्मको उद्धार उडान तालिका बनाएका थिए।

स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै

Previous articleभाउजुलाइ झा’रफु’क गर्छु भन्दै सल्यानमा देवरले गरे बला’त्कार
Next articleच’र्को घाममा श्रमि’कलाई काममा लाउने कतारका ६७ कम्पनी कार’बाहीमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।