जडिबुटीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु

काठमाडौँको जडिबुटीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

गएराति बा ७४ प ९०६३ नम्बरको स्कुटर र बा १३ प ४९१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा काभ्रे घर भइ नयाँ वानेश्वर बस्दै आएका दोर्जे लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते लामाको उपचारका क्रममा नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा तीनजना घाइते भएका छन्। राति १० बजे दुर्घटना भएको हो। दुबै सवारी तिब्र गतिमा रहेका प्रहरीले जनाएको छ।

लेखा र महिला समितिमा एमाले तथा पूर्वाधारमा राप्रपाको उम्मेदवारी

Previous articleटोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ सुरु
Next articleसचिवहरूको सरूवा, काे कहाँ परे ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।