काठमाडौं । अर्थमन्त्रीमा युवराज खतिवडाले नै निरन्तरता पाउने हल्ला चलेपछि सेयर बजारमा पहिरो गएको छ । सेयर बजारमा सोमबार दुई पटक ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको छ ।

राष्ट्रियसभा सांसद युवराज खतिवडा म्याद सकिएपछि सांसद नरहने हल्ला चलेसंगै सेयर बजार बढ्न थालेको थियो । दुईसाता अघि अर्थमन्त्रीमा खतिवडा नदोहोरिने हल्ला चलेसंगै सेयर बजार बढन थालेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी ६ महिना खतिवडालाई अर्थमन्त्री बनाउने संकेत गरेपछि सेयर बजारमा पहिरो जान सुरु भएको छ । आइतवार ४० अंकले घटेको सेयर बजार सोमवार ९६ अंकले घटेको छ ।
कारोबार रकम २ अर्ब १५ करोड रुपैयाँ बढी भएको छ । कारोबार रकमका आधारमा सबैभन्दा पहिलो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । नेपाल लाइफको आइतबार १५ करोड ६८ लाख ११ हजार २ सय ५६ रुपैयाँको सेयर किनबेच भएको छ ।
एनआइशी एशिया बैंक र एनएमबि बैंक कारोबार रकमका आधारमा दोस्रो र तेस्रो नम्बरमा देखिएका छन् । एनआइशी एशियाको १४ करोड ६१ लाख ५२ हजार १ सय ५० रुपैयाँको कारोबार भएको छ भने एनएमबिको ८ करोड ९५ लाख २३ हजार ६ सय २० रुपैयाँको सेयर किनबेच भएका छन् ।
बजारमा कारोबार हुने सबै उपसमूहहरु राताम्मे देखिएका छन् । सबैभन्दा धेरै घट्नेमा बीमा र बैंकिङ उपसमूहहरु देखिएको छन् । निर्जिवन बीमा उपसमूह ७ दशमलव ४६ अंकले ओरालो लागेको छ भने जीवन बीमा उपसमूह ७ दशमलव ४५ अंकले घटेको छ ।
The post अर्थमन्त्री खतिवडाले निरन्तरता पाउने हल्लाले सेयर बजारमा पहिरो appeared first on Rajdhani Daily News.


