कोरोनाको आशंकामा भर्ना गरिएका ४ जनाको रिपोर्ट साँझसम्म आउने

कोरोनाको जस्तै लक्षण हुनसक्ने आशंकामा आइतबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको ‘आइसोलेसन’ वार्डमा भर्ना गरिएका चारजना वयस्क पुरुषहरुको स्वास्थ्य परिक्षण रिपोर्ट सोमबार (आज) साँझसम्म आउने अस्पतालले जनाएको छ।

अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले सबैको नमूना संकलन भइसकेको र परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी दिए।

‘हामीले नमूना संकलन गरी प्रयोगशालामा पठाइसकेका छौं,’ बाँस्तोलाले भने, ‘आज साँझसम्म सबैको रिपोर्ट आएपछि कोरोना संक्रमणको लक्षण भए नभएको थाह हुनेछ।’

कोरियाबाट आएका ३ जना र चीनबाट आएका १ जना पुरुषमा रुघाखोकी, ज्वरो लगायतका कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुलाई आइतबार सो अस्पतालको छुट्टै वार्डमा भर्ना गरिएको थियो।

‘कोरोना फैलिएका मुलुक कोरिया र चीनबाट आएका उनीहरुमा रुघाखोकी, ज्वरो लगायतका केहि लक्षणहरु देखिएको हुँदा आइसोलेसनमा राखिएको हो। यो नियमित प्रक्रिया हो,’ उनले भने।

कोशी प्रदेशको राजनीतिक सङ्कट समाधान भयो- मुख्यमन्त्री कार्की

Previous articleअर्थमन्त्री खतिवडाले निरन्तरता पाउने हल्लाले सेयर बजारमा पहिरो
Next articleभारतमा दुई जनालाई कोरोना भाइरस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।