खल्ती र सिटी एक्सप्रेसबीच सम्झौता, अब अन्लाईनबाटै पैसा पठाउन र निकाल्न सकिने

काठमाडौं / खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच खल्ती एप तथा वेबसाईटबाटै रेमिट्यान्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्तीका निर्देशक अमित अग्रवालले कमलादी स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफरको मुख्य कार्यालयमा आयोजित एक समारोहबीच सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त सेवाको थालनी गरेका हुन् । सम्झौता अनुसार अब खल्ती एप तथा वेबसाईटमा रहेको रेमिट्यान्स आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् । यसरी पैसा पठाईसकेपछि पाउनुपर्ने पाउने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएस मार्फत एउटा पिन प्राप्त गर्न सक्नेछन् । प्राप्तकर्ताले सिटी एक्सप्रेसका देशैभरी रहेका ७५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट मध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त पिन देखाएर सहज तथा सरल रुपमा पैसा निकाल्न सक्नेछन् ।

यसका साथै खल्ती प्रयोगकर्ताले अब छिट्टै नै देशैभरी रहेका सिटी एक्सप्रेसका रेमिट्यान्स एजेन्ट मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।सिटी एक्सप्रेससँगको उक्त सम्झौताका बारेमा बोल्दै खल्तीका निर्देशक अमित अग्रवालले भने,
“हामी सिटी एक्सप्रेससँग यस प्रकारको सहकार्य गरी खल्ती प्रयोगकर्ताहरुलाई एपबाटै सिधै पैसा पठाउन र देशैभरी रहेका सिटी एक्सप्रेसका ७५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत भुक्तानी लिने सेवा प्रदान गर्न पाउँदा उत्साहित छौँ । यस सहकार्य सँगै नेपालमा नविनतम डिजिटल फाइनान्सियल सेवा मार्फत मानिसको जीवन सहज बनाउने हाम्रो लक्ष्य तर्फ एक कदम अगाडी बढेको भान भएको छ ।” त्यस्तै, सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भने,“प्रविधि व्यवसायमा संलग्न नेपाली युवाहरुको समूहले सुरु गरेको र निकै रुचाइएको खल्ती जस्तो एक फिन्टेक स्टार्टअपसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौँ ।

वालेट एपबाटै पैसा पठाउने र एजेन्ट मार्फत पैसा निकाल्ने उहाँहरुको अप्रोच हामीलाई राम्रो लाग्यो । आन्तरिक मनी ट्रान्सफर सेवा सँगै बिना अतिरिक्त शुल्क खल्ती वालेटमा पैसा लोड गर्न र विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्न हामी आतुर छौँ ।”सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ७५०० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

सन् २०१७ को जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या १० लाख भन्दा बढि रहेको छ ।

The post खल्ती र सिटी एक्सप्रेसबीच सम्झौता, अब अन्लाईनबाटै पैसा पठाउन र निकाल्न सकिने appeared first on Purbeli News.

कयर खोलामा मानव कंकाल फेला।

Previous articleद्रूतमार्गको काम समयमै सम्पन्न हुन्छ : उप-प्रधानमन्त्री पोखरेल
Next articleवसन्तपुरमा चीर ठड्याइयो, फागु पर्व शुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।