पूर्वीचितवनमा भीषण सवारी दुर्घटना; पाँच जनाको ज्यान गयो

Click Image

चितवन –चितवनको राप्ती नगरपालिका–४ डडुवा क्षेत्रमा भएको एक भयानक सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। इभी माइक्रोबस र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान भएको उक्त दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ भने अन्य घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ। मृतकमध्ये अधिकांश इभी माइक्रोमा सवार रहेका यात्रु भएको अनुमान गरिएको छ। थप विवरण आउन बाँकी छ।

Previous articleबालमैत्री स्थानीय शासन प्रक्रियागत कार्यान्वयनको लागी सचेतना -याली कालिका ६ (फोटोफिचर)
Next articleचितवन दुर्घटना अपडेट: मृतकको संख्या ७ पुग्यो। को को परे? हेर्नुहोस् पूरा विवरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।