स्याङ्जामा मेला, महोत्सव र सम्मेलनमा रोक

स्याङ्जा । विश्वभर बढ्दै गएको कोराना भाइरस (कोभिड—१९) को संक्रमण र सन्त्रासले स्याङ्जामा पार्न सक्ने प्रभावका लागि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले पुर्व तयारी अनुरुप ५ ओटा निर्णय गरेको छ ।

जिल्लाका सरकारी कार्यालय, जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्था लगायतको सहभागितामा जिल्लामा अर्को निर्णय नभए सम्मका लागि मेला, महोत्सव, सम्मेलन लगायतका कार्यक्रम नगर्न अनुरोध गरेको छ । कोभिड—१९ का बारेमा हरेक स्थानीय तहका स्वास्थ्य शाखाबाट जनचेतामुलक कार्यक्रम संचालन गर्ने निर्णय सगै जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय, स्वास्थ्य चौकी र सबै स्थानीय तहका स्वास्थ्य शाखाहरु तयारी अवस्थामा रहन समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए ।

माहामारी विपद व्यवस्थापनका लागि भाइरल, इन्फ्ल्युन्जा, ज्वरो, रुघाखोकी, निमोनिया जस्ता सरुवा रोगको माहामारी रोक्न सबै स्वास्थ्य संस्था र कर्मचारीलाई तयारी अवस्थामा रहिरहन आग्रह गरिएको प्रजिअ कुरुम्बाङ्ले बताए । समितिले जिल्ला अस्पताल, प्रथामिक स्वास्थ्य केन्द्रमा छुट्टै वाडको व्यवस्था गरिराख्न पनि निर्देशन दिएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिले पुर्व तयारी बारे छलफल गरेर केही निर्णयहरु गरेका छौं प्रजिअ कुरुम्बाङ्ले भने, ‘संक्रमण र विपद व्यवस्थापनका लागि स्वास्थ्य कार्यालयलाई कार्ययोजना तयारी गर्दै छ । सो कार्ययोजना अनुसार जिल्ला विपद व्यवस्थापन समिति अगाडी बढ्ने छ ।’ समितिले संघिय सरकारको निर्देशन अनुसार बार्षिक परिक्षा चैत्र ५ गतेभित्र सक्ने गरी जिल्लाका सबै विद्यालयहरुलाई अनुरोध समेत गरेको छ ।

यता कुनै सभा सम्मेलन नगर्न आग्रह गरिएपनि शुक्रबार भुमी, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भने वालिङमा रहेको नव निर्मित नापी शाखा भबनको उद्घान रोकिएको छैन । यसबारे जानकारी बुझ्दा प्रजिअ कुरुम्बाङ्ले उद्घाटन समारोहमा कोराना भाइरसबारे जनचेता फैलाउने गरी कार्य योजना तयार भएको बताए ।

The post स्याङ्जामा मेला, महोत्सव र सम्मेलनमा रोक appeared first on Rajdhani Daily News.

https://ujyaalonepalnews.com/archives/5199

Previous articleविप्लव समूहका जिल्ला सदस्य हतियारसहित पक्राउ
Next articleनिकुञ्जका जनावर र स्थानीयको व्यवस्थापनबारे संसदीय समितिमा छलफल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।