विप्लव समूहका जिल्ला सदस्य हतियारसहित पक्राउ

भोजपुर । भोजपुरमा नेत्र विक्रम चन्द (विप्लव) समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –१ तिम्मा घर भएका ३३ वर्षीय सुमित परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

परियारलाई गत बुधबार राति हातहतियारसहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरेको भएपनि आज मात्र प्रहरीले सार्वजनिक गरेको हो । परियारको साथबाट बम बनाउन प्रयोग गरिने डिटोनेटर दुई थान, थ्रीनट थ्री राइफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान सिमकार्ड र एनसेलको एक थान सिमकार्ड बरामद भएको छ ।

साथै परियारको साथबाट चन्दा अशुली गरेको रसिद र पार्टीका केही दस्तावेज समेत बरामद भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए ।

The post विप्लव समूहका जिल्ला सदस्य हतियारसहित पक्राउ appeared first on Rajdhani Daily News.

खाडी मुलुकमा लामो पर्व बिदा सुरु हुँदै, मर्यादामा बस्न कामदारहरुलाई दूतावासको आग्रह

Previous articleनेपालमा कोरोना भित्रिए नियन्त्रण गर्न कठिनाई हुन्छ : स्वास्थ्य राज्यमन्त्री रावत
Next articleस्याङ्जामा मेला, महोत्सव र सम्मेलनमा रोक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।