टिपरकाे ठक्करबाट पत्नीकाे मृत्यु, पति गम्भीर घाइते

पाल्पाको तानसेन नगरपालिका–७ लामीडाँडामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ की ५५ वर्षीया मधु श्रेष्ठ रहेकी छन्।

मोटरसाइकल चालक श्रीमान् ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन्। 

तानसेनबाट बुटवल जाँदै गरेको लु २ ख ३१७८ नम्बरको टिपरले सोही दिशामा गएको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घाइते हिमालको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको बताए। रासस

वकिलं नै ठगि धन्दामा उत्रेपछि कसको विश्वास गर्ने? चितवनका वकिलले गरे यस्तो हर्कत

Previous articleअमेरिकाद्वारा कोरोना संक्रमण रोक्न सहयोगी सामाग्री प्रदान
Next articleशिक्षा मन्त्रालयको स्पष्टीकरण : एसईई परीक्षा चैत ६ देखि नै हुन्छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।