Home Uncategorized शिक्षा मन्त्रालयको स्पष्टीकरण : एसईई परीक्षा चैत ६ देखि नै हुन्छ

शिक्षा मन्त्रालयको स्पष्टीकरण : एसईई परीक्षा चैत ६ देखि नै हुन्छ

शिक्षा मन्त्रालयले विश्वव्यापी बनिरहेको कोरोना भाइरस संक्रमणलाई लिएर नेपालमा परीक्षाहरु स्थगित भएका, विद्यालय बन्द हुनथालेका भनी आएका सूचना तथा समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको भनी आएका सूचनाको पनि खण्डन गरेको छ। मन्त्रालयका अनुसार चैत ६ देखि हुने गरी यसअघि नै तय भएको एसईई परीक्षा यथावत् समयतालिकाअनुसार सञ्चालन हुने स्पष्ट पारेको छ।

मन्त्रालयले भनेको छ, ‘चैत ६ देखि तय भएको एसईई परीक्षा यथावत् सञ्चालन हुनेछ।’ त्यस्तै उसले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने सूचना गलत भएको भन्दै भ्रममा नपर्न अपिल गरेको छ।

मन्त्रालयले विकसित अवस्थाबारे नियमित रुपमा समीक्षा र विश्लेषण गरिरहेकोले आवश्यकता र औचित्यका आधारमा थप निर्णय भएमा मन्त्रालयले जानकारी दिने उल्लेख गरेको छ।

https://ujyaalonepalnews.com/archives/5384

Previous articleटिपरकाे ठक्करबाट पत्नीकाे मृत्यु, पति गम्भीर घाइते
Next articleटेकु अस्पताल ‘आइसोलेसन’बाट भागेका बिरामी धरानको अस्पताल भर्ना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।