ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल प्रि-क्वार्टरफाइनलमा

नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। बर्लिनमा शुक्रबार भएको खेलमा लगातार तेस्रो जित निकाल्दै प्रिन्स सिरिजको अन्तिम १६ मा पुगेका हुन्। 

पुरुष यु–१९ एकलको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले घरेलु टोली जर्मनीका कियन यु ओइलाई २–१ को सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएक हुन्। पहिलो सेट ११–२१ ले गुमाएको खेलमा प्रिन्सले दोस्रो र तेस्रो सेट २१–१७ र २१–५ ले आफ्नो पक्षमा पारेका हुन्। प्रिन्सले त्यसअघि अष्ट्रियाका लेनी सुदर्मालाई र घरेलु टोली जर्मनीका बेन्नेट पिटर्सलाई समान २–० को सेटमा पराजित गरेका थिए।

प्रिन्स गत मंगलबार मात्रै विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) को जुनियर वरीयतामा शीर्ष १० मा स्थान बनाएका थिए।

राणा कालमा पाद्न पनि पाईन्थेन: यस्तो थियो पादेको स’जाय

Previous articleकोरोना भाइरस : एन्फाले रोक्यो फुटबल गतिविधि
Next articleएपीएफलाई पराजित गर्दै झापा–११ आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।