
कोरोनाको सन्त्रासको कारण अखिल नेपाल फुटबल संघ एन्फाले आफ्नो आगामी प्रतियोगिताहरु स्थगित गरेको छ।
एन्फाले शुक्रबार सूचना जारी गर्दै कोरोनाको कारण आगामी चैत ३ गतेदेखि धरानमा हुने भनिएको उपमेयर राष्ट्रिय महिला फुटबल लिग तथा विश्वकप छनोटको तयारीमा रहेको राष्ट्रिय टोलीको प्रशिक्षण पनि स्थगित गरेको जनाएको हो। यो बीचमा मोफसलमा भइरहेको प्रतियोगिताहरुलाई भने नरोक्ने एन्फाले जनाएको छ।


