साउदी अर्थमन्त्री बर्खास्त

रियाद। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागेको अवस्थामा साउदी अरेबियाका राजा सल्मानले अर्थमन्त्री मोहम्मद अल–टुवाइज्रीलाई पदबाट बर्खास्त गरेका छन् । साउदी प्रेस एजेन्सीले अर्थ मन्त्रालयको कार्यभार वित्तमन्त्री मोहम्मद अल–जदानलाई दिइएको जनाएको छ ।

टुवाइज्रीलाई पदबाट बर्खास्त गरिए पनि मन्त्री सरहको शाही सल्लाहकार पदमा नियुक्त गरिएको छ । दश दिन पहिले साउदी राजाले तीन वटा नयाँ मन्त्रालय पर्यटन, खेलकुद र लगानी सिर्जना गरेका थिए ।

गत महिना पनि मन्त्रिपरिषद् पुनःगठन गर्दा पूर्वऊर्जा मन्त्री खालिद अल–फालिहलाई लगानी मन्त्रीका रुपमा पुनर्नियुक्ती गरिएको थियो । गत सेप्टेम्बरमा फालिहलाई ऊर्जा मन्त्रालयबाट बर्खास्त गरिएको थियो ।

विश्वमै सबैभन्दा बढी कच्चा तेल निर्यातक राष्ट्र साउदी अरेबिया अहिले राजकुमार मोहम्मद बिन सल्मानको महत्वाकाँक्षी भिजन २०३० सुधार कार्यक्रममा लगानी गर्न सङ्घर्षरत छ । तर कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै तेलको मूल्यमा गिरावट आउन थालेको छ ।

The post साउदी अर्थमन्त्री बर्खास्त appeared first on Rajdhani Daily News.

बंगाली कामदारको हर्कतले मलेशियन नागरिक वाक्क, नियन्त्रण गर्न माग

Previous articleअबको नेतृत्वले ‘श्री जन आदर्श अमरसिंह माध्यमिक विद्यालय’को भविष्य सुनिश्चित गर्ने
Next articleटर्की र रुसबीच इद्लिबमा युद्धविरामको सहमति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।