पिरामिडबाट हाम फालेर एक व्यक्तिले गरे आत्महत्या

इजिप्टका पिरामिड विश्वकै चर्चित पर्यटकीय गन्तव्यमध्ये एक हो। आइतबार एक व्यक्ति गिजास्थित काफ्राको पिरामिडबाट हाम फालेर आत्महत्या गरेका छन्।

घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ।

ती व्यक्तिले ऐतिहासिक सम्पदामा पुगेर ज्यान दिने निर्णय किन गरे, त्यसको खोजी भइरहेको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उधृत गर्दै जनाएका छन्।

काफ्राको पिरामिड इजिप्टको दोस्रो सबैभन्दा ठूलो पिरामिड हो। फरोहा काफ्रालाई दफनाइएको सो पिरामिड १ सय ३६ मिटर अग्लो छ। एजेन्सी

गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

Previous article‘कोरोना प्रकोपमा चीनले माफी माग्नुपर्छ भन्ने अमेरिकी पत्रकारको भनाइ गलत छ’
Next articleभारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो महिला टि–ट्वान्टी विश्वकपको उपाधि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।