कर नतिर्ने व्यवसायी फर्मको नाम सार्वजनिक

सुर्खेत । आन्तरिक राजस्व कार्यालय सुर्खेतले कर नतिर्ने कर्णालीका ३४ व्यवसायी फर्मको नाम सार्वजनिक गरेको छ ।

कार्यालयले ५ लाख रुपैयाँभन्दा बढी कर दाखिला गर्न बाँकी रहेका फर्मलाई सार्वजनिक सूचना जारी गर्दै कर दाखिला गर्न आग्रह गरेका हो ।

फर्मको नाम सार्वजनिक गरिएका करदातालाई कर दाखिला गर्न विभिन्न समयमा आग्रह गरे पनि बेवास्ता गरेकाले नाम सार्वजनिक गर्न बाध्य भएको आन्तरिक राजश्व कार्यालय सुर्खेतका प्रमुख कर अधिकृत हरिप्रसाद तिमिल्सेनाले बताउनुभयो । उहाँले यसअघि ती फर्महरूलाई विभिन्न समयमा फोन, पत्राचार मार्फत ताकेता गरे पनि हालसम्म दाखिला नगरेको जनाउनुभयो ।

उहाँका अनुसार कार्यालयले १५ दिनभित्र बाँकी बक्यौता कर रकम दाखिला गर्न सार्वजनिक सूचना जारी गरेको छ । समय सीमाभित्र कर रकम दाखिला नगरे आयकर ऐन, २०५८ को दफा १०३ देखि दफा १११ सम्मको कुनै प्रक्रिया र मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ (१) बमोजिमको प्रक्रिया अपनाई असुल उपर गरिने उहाँको भनाइ छ ।

कर बापतको बक्यौता रकम नबुझाउनेमा रत्न लक्ष्मी इन्टरनेशनल प्रालि, शंखर–अरुजन जेभी, अमर–मल्ल जेभी, खुशी ट्रेडर्स, अमन स्क्रयाप सेन्टर, पप्पु मल्ल देव एण्ड सायर जेभी, स्वच्छद सूर्य जेभी, रोशन–सृजना जेभी, उज्जल निर्माण सेवन, ढुङ्गेल महादेव निर्माण सेवा प्रालि, महाबु ईन्टरप्राइजेज, सिद्धि सप्लायर्स, मध्यपश्चिम देउती कन्स्ट्रक्सन, शंखर स्टोर्स, अमर–मल्ल कम्स्ट्रक्सन जेभी, सृजना–आङजेन–सोनाम जेभी, विटी–सिभिल निर्माण सेवा जेभी रहेका छन् । यसैगरी कटकुवा कन्स्ट्रक्सन, केपी निर्माण सेवा, न्यु जयमाता दी ट्रेडर्स, कर्णाली डिष्ट्रिव्यूर्टस, शुभ जित बि नारायण पि कन्स्ट्रक्सन एण्ड सप्लायर्स, साहिल सप्लायर्स, मटेला निर्माण सेवा, यशोदा अर्डर सप्लायर्स, हाम्रो–वसना–पन्त जेभी सुर्खेत, न्यु रुपाखेती ट्रेडर्स एण्ड सप्लायर्स, न्यु सिद्धि स्टोर्स, पञ्चकोशी ट्रेडर्स, कस्तुरी यूथ एसोसिएसन जाजरकोट, तमन्ना स्नुकर हाउस, कृष्ण जनरल अर्डर एण्ड सप्लायर्स, शुभम् ट्रेडर्स र साझा ट्रेडर्सले कर रकम दाखिला नगरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/21353

Previous articleनेप्से परिसूचक ६० अङ्कले बढ्यो       
Next articleपदोन्नति भएका तीन जना उपरथीलाई दर्ज्यानी चिह्न प्रदान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।