इटलीमा कोरोना संक्रमणले मृत्यु भएको भयै, सेना प्रमुख पनि संक्रमित

इटलीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने क्रम तीव्र बनेको छ।

यसबाट मृत्यु हुने मानिसको संख्या एकैचोटि १३३ थपिएर ३६६ पुगेको त्यहाँका अधिकारीहरूले जनाएका छन्।

अधिकारीहरूका अनुसार इटलीमा कोरोना संक्रमितको संख्या २५ प्रतिशत बढेर ५ हजार ८८३ बाट ७ हजार ३७५ पुगेको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि इटलीका लोम्बर्डी र १४ वटा प्रान्तका १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिए पनि संक्रमण बढेको बढ्यै गरेको बीबीसीले जनाएको छ।

यसैबीच इटलीमा पछिल्लोपटक संक्रमण पुुष्टि भएका व्यक्तिहरूमा त्यहाँका सेना प्रमुख पनि परेका छन्।

साउदीमा निधन भएको ५ महिना पछि बल्ल आईपुग्यो राजकुमारको शव

Previous articleआज होली पर्व मनाइँदै : भेला भएर खेल्न निषेध, जवर्जस्ती गरे अभद्र व्यवहार मुद्दा चलाइने
Next articleआज फागु पर्व, तर होली खेल्दा कोरोना संक्रमणको जोखिम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।