
कैलाली, २७ फागुन । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम बढ्दै गएपछि यहाँको पूर्वीनाका कर्णाली पुलको चिसापानीमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ । लम्कीचुहा नगरपालिकासँगको समन्वयमा प्रदेशमा भित्रिने यात्रु तथा पर्यटकको स्वास्थ्य परीक्षणका लागि सो कक्ष सोमबारदेखि सञ्चालनमा ल्याएको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिनुभयो […]


