
अहिलेसम्म चार नेपालीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नेपालमा १ र विदेशमा ३ गरी ४ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो।
सुरुमा चीनबाट फर्किएका १ नेपालीलाई ज्वरो आएपछि टेकु अस्पतलामा जाँच गराउँदा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो।
तर उपचारपछि उनी अहिले पूर्ण स्वस्थ भएर काममा फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै यूएईमा दुई र अस्ट्रेलियमा एक नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको हो। सबै गरेर अहिलेसम्म ४ नेपाली कोरोनाबाट संक्रमित देखिएका हुन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ४४१ नेपालीको नमुना (र्याल/रगत) परीक्षण गरिसकिएको छ। तर ती कसैमा कोरोना संक्रमण नदेखिएको उनले जानकारी दिए।
यो संख्या चीनबाट उद्धार गरी ल्याइएका १७५ नेपालीसमेतको हो।


