
मंगलबार कोरोनाको उद्गमस्थल मानिएको वुहान शहरमै पुगेर सीले कोरोना भाइरस हुपेइ र वुहानमा नियन्त्रणमा ल्याउन सकेको बताएको सिन्ह्वाले जनाएको छ।
सीले कोरोनाको उपचारमा खटेका हुपेइका स्वास्थ्य अधिकारी, प्रहरी तथा सेनालाई धन्यवाद दिएका थिए।
चिनियाँ राष्ट्रपति वुहान पुगेसँगै चीनमा कोरोनाको प्रकोप टरेर गरेको विश्लेषण गरिएको छ।
हाल चीनमा कोरोनाको प्रभाव घट्दै गएको छ।
चीनमा गएको २४ घण्टामा कोरोनाका कारण १७ जनाको मृत्यु भएको छ भने १९ संक्रमित बनेका छन्।
हाल विश्वभर १ लाख १३ हजार ३७८ मानिसहरुमा कोरोनको संक्रमण पुष्टि भएको छ।
हालसम्म ४ हजार ९ को मृत्यु भइसक्दा ६३ हजार ९१३ उपचारपछि स्वस्थ बनेका छन्।
कोरोनाबाट प्रभावित मुख्य देशहरु
१. चीनः ८० हजार ७५४ संक्रमित, ३ हजार १३६ को मत्यु
२. इटलीः ९ हजार १७२ संक्रमित, ४६३ को मत्यु
३. दक्षिण कोरियाः ७ हजार ५१३ संक्रमित, ५४ को मृत्यु
४. इरानः ७ हजार १६१ संक्रमित, २३७ को मृत्यु
५. फ्रान्सः १ हजार १९१ संक्रमित, २१ को मृत्यु
६. जर्मनीः १ हजार १३९ संक्रमित, २ को मृत्यु
यो पनि।
चिनियाँ राष्ट्रपति सी कोरोना भाइरसको उद्गमस्थल पुग्नुको अर्थ
कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु
विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्यो १५ सुझाव


