विप्लवका जिल्ला सेक्रेटरीले पार्टी छाडे

 

सिन्धुपाल्चोक।  भुमिगत नेत्रविक्रम चन्द विप्लवका सिन्धुपाल्चोक जिल्ला सेक्रटरी भुवन सिं तामाङले पार्टी छाडेको घोषणा गरेका छन् । जिल्ला अदालत सिन्धुपाल्चोकबाट रिहा भएपछि तामाङले अदालत परिसरमा नै विज्ञप्ति मार्फत पार्टी छाडेको घोषणा गरेका हुन् ।

मेलम्ची नगरपालिका–९ का तामाङले अब देखि कुनै पार्टीमा संलग्न नहुने भन्दै पार्टी परित्याग गरे । उनी २०७१ देखि विप्लव नेतृत्वको पार्टीमा लागेका थिए । पार्टीमा रहुञ्जेल विभिन्न जनवर्गिय संगठनमा रहेकाले अब आफू स्वतन्त्र भएको उनको भनाई छ । प्रहरीले तामाङलाई राज्य विरुद्धको कार्यमा लागेको आरोपमा प्रक्राउ गरेको थियो ।

यसअघि विप्लवमा जिल्ला सदस्य त्रिपाल तामाङ र न्यालम लामाले पार्टी परित्याग गरिसकेका छन् । प्रहरीले विप्लवका कार्यकर्ताहरु माथी निगरानी बढाएर पक्राउ गर्न थालेपछि धेरै कार्यकर्ताहरुले पार्टी परित्याग गरिसकेका छन् । जिल्ला सेक्रेटरी तामाङ नेकपामा प्रवेश गर्ने जानकारी दिएका छन् ।

The post विप्लवका जिल्ला सेक्रेटरीले पार्टी छाडे appeared first on Rajdhani Daily News.

तेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन, अभाव हुने त्रास फैलियो

Previous articleनारायणहिटी संग्रहालयको गुरुयोजना बनाइने
Next articleकटुवा पेस्तोल र तीन थान गोलीसहित दुई जना प्रहरी नियन्त्रणमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।