सहायक वन अधिकृत देवकोटाविरुद्ध भ्रष्टाचार मुद्दा

डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा कार्यरत सहायक वन अधिकृत (निमित्त कार्यालय प्रमुख) कृष्ण बहादुर देवकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

कार्यालय प्रमुख देवकोटाले टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग पटक-पटक घुसररिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुस/रिसवत लिइसकेको अबस्थामा नियन्त्रणमा लिइएको थियो। सो रकम देवकोटा आफूले नबुझी उनकै निर्देशनमा सोही कार्यालयका कार्यालय सहयोगी (करार) प्रमोद कुमार तेलीले बुझिलिई राखेको अवस्थामा बरामद गरिएको थियो।

देवकोटाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिँदा उनलाई बिगो दुई लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको हो।

मुस्लिम धर्मावलम्बीको रमजान आजदेखि सुरु

Previous articleगृहमन्त्रीका भाइलाई प्रहरीले खोजेन, आफैं पुगे कारागार
Next articleजीपबाट खसेर एकको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।