दोलखा । गैर कानुनी रुपमा हुन लागेको बाल विवाह प्रहरीको सक्रियतामा रोकिएको छ । दोलखाको मेलुङ गाउँपालिका र ३ ध्याङ भस्मेमा विशेष सुराकीको आधारमा गैर कानुनी रुपमा हुन लागेको बाल विवाह प्रहरीको सक्रियतामा रोकिएको हो ।
विहेको मण्डपमानै पुगेर १८ वर्षिय किशोरीसंग हुन लागेको विवाह रोकेको प्रहरीले जनाकारी दिएको छ ।
मेलुङ गाउँपालिका ४ भेडपुका ललितबहादुर थापाका २३ वर्षिय छोरा विवेक थापाले परम्परागत रुपमा लगान गाँठो कसेर मेलुङ ३ ध्याङ भस्मेकी रित बहादुर कार्कीको १८ बर्षीया छोरीलाई घर भित्राउनका लागि तयारी गरि रहेको थियो ।
विशेष सुराकीको आधारमा कम उमेरमा नै बाल विवाह गराउन लागेको भन्ने सुचनाको आधारमा प्रहरी धमाधम विवाह भई रहेको स्थालमा पुगी सोघखोज गर्दा किशोरीको उमेर नुपेको पाइएकाले विवाह रोकिएको प्रहरी नायव निरिक्षक यज्ञनन्द शाहले बताए ।
उनले भने प्रचलित कानुन अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० बर्ष हुनु पर्ने प्रावधान रहेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७३ अनुसार २० बर्षको उमेर नपुगी बिबाह गरे गराएमा ३ बर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको शाहले बताए ।
बालविबाह भन्ने जनाकारी पाएपछि दुवै पक्षलाई राखी उमेर पुगे पछि मात्र विबाह गराउने गरी कागज फिर्ता गरिएको वडा अध्यक्ष हिरा थोकरले जानकारी दिए । बिबाह सम्बन्धी सम्पूर्ण प्रकृया रोकी जन्ती समेत फिर्ता पठाइएको वडा अध्यक्ष थोकरले जानकारी दिए ।
The post दोलखाको मेलुङमा प्रहरीले बलविवाह रोक्यो appeared first on Rajdhani Daily News.


