बक्सिङ टोली फर्कियो

काठमाडौं।  जोर्डनको अमानमा भएको एसिया÷ओसियाना टोकियो ओलम्पिक– २०२० बक्सिङ छनोटमा सहभागी भइ नेपाली बक्सिङ टोली सोमबार राती स्वदेश फर्किएको छ ।

मार्च ३ देखि ११ तारिखसम्म भएको प्रतियोगितामा पुरुष ६३ केजीमा सनिल शाही र महिला ५७ केजीमा मिनु गुरुङले प्रतिस्पर्धा गरेका थिए । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् । सनिलले १ बाउट जिते । उनले किर्गिस्तानका उन्मोनोभ बखोदुरलाई पराजित गरेका थिए ।

नेपाली बक्सिङको इतिहासमा कुनैपनि खेलाडीले ओलम्पिक छनोटमा हासिल गरेको यो नै पहिलो जित भएको नेपाल बक्सिङ संघले जनाएको छ । मिनुलाई भने कोरियाली खेलाडी इम अईजीले पहिलो चरणमै हराइन् । प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगर र अलिशेर राखिमोभ रहेका छन् । टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

The post बक्सिङ टोली फर्कियो appeared first on Rajdhani Daily News.

माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस

Previous articleदोलखाको मेलुङमा प्रहरीले बलविवाह रोक्यो
Next articleबाँसबारीसँग आरसिटीको हार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।