कोरोना विरुद्ध सहमति

काठमाडौ, २९ फागुन । मुलुकका प्रमुख राजनीतिक दलका नेता कोरोना भाइरस (कोभिड १९) संक्रमण मुलुकमा भित्रिन नदिन राज्यका सबै पक्षको प्रयास केन्द्रित हुनुपर्नेमा एकमत भएका छन् । उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा सरकारले गठन गरेको कोरोना नियन्त्रण सम्बन्धी उच्च स्तरीय संयन्त्रको पहलमा प्रधानमन्त्रीको कार्यालयमा बुधबार आयोजित सर्वदलीय बैठकमा सो सुझाब दिइएको हो ।

बैठकमा दलका प्रतिनिधिहरूले पहिलो नम्बरमा संक्रमितको हुन सक्ने प्रवेश प्रति निगरानी र सतर्कता बढाउन र केही गरी संक्रमण फैलिहालेमा त्यसको उपचार लगायतको कामका लागि पूर्ण रुपमा पूर्व तयारी गर्न सुझाव दिएको बैठकपछि उपप्रधानमन्त्री इश्वर पोखरेलले पत्रकारहरूलाई जानकारी गराएका छन् ।

त्यस्तै यदि संक्रमण फैलियमा त्यसको उपचारमा संलग्न हुने स्वास्थ्य कर्मीको सुरक्षा तथा उनीहरूलाई दिइने बीमा लगायतक सुविधाहरूको बारेमा पहिले नै स्पष्ट हुनु पर्ने सुझाव दिइएको थियो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

The post कोरोना विरुद्ध सहमति appeared first on Koshi Online.

डोट्याली भाषा : मौलिकता हराउँदै

Previous article४२ सहसचिवको सरुवा र पदस्थापन, को कहाँ ?
Next articleसाविक विजेता लिभरपुल च्याम्पियन्स लिगकाे प्रि-क्वाटरफाइनलबाटै बाहिरियाे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।