प्रधानमन्त्री, मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा खटिएका प्रहरीको तलब काटिने !

काठमाडौं । प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरि कोरोना कोषमा जम्मा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनमा प्रधानमन्त्री, मन्त्री र सांसदको तलबसहित सांसद विकास कोषको रकम कट्टा हुन सक्ने आकलन गरिएको भए पनि त्यसो हुन भने सकेन ।

सामाजिक सञ्जालमा थुप्रैले सांसद विकास कोषको रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न सुझाव दिएका थिए । तर पनि प्रधानमन्त्री ओलीको सम्बोधनमा त्यो परेन । अहिले प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागले सबै कार्यालयलाई परिपत्र गर्दै प्रहरी सहायक निरीक्षकदेखि महानिरीक्षकसम्मको तलब कट्टा गर्न निर्देशन दिएको छ ।

वैशाख महिनाको तलबबाट कट्टा गरी तत्काल वाणिज्य बैंकमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न गराउन निर्देशन दिइएको छ । कसको तलब कति काटिन्छ ? हेर्नुहोस् सूची

रत्ननगरमा मतदाता शिक्षा सम्बन्धी प्रशिक्षण

Previous articleदेश सं’कटमा परेको बेला,ड्युटीनै जान नमान्ने ५ डाक्टर लाई कार’बाही, जागीर च’ट
Next articleलक-डाउनमा औषधी लिन अथवा कुनै जरुरी काम पर्यो कसरी निस्कने ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।