डा. बाबुराम र अशोक राईलाई नेकपामा आउन प्रचण्डको आग्रह

काठमाडौं, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई नेकपामा आउन आग्रह गरेका छन् ।

उनले समाजवादी पार्टीमा निरीह भएर बस्नुभन्दा नेकपामा मिल्न आग्रह गरेका हुन् ।

समाजवादी पार्टीका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउदै उनले यस्तो बताएका हुन् ।

आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले अप्ठेरो स्थितिमा निरीह भएर बस्नुभन्दा नेकपामा मिल्न आउन आग्रह गरेका हुन् ।

सम्बोधनकै क्रममा अध्यक्ष दाहालले समाजवादीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई पनि झमेला गर्नुभन्दा नेकपमा आउन आग्रह गरे । नेकपामै भट्टाराई र राई आउँदा राम्रो हुने उनको भनाइ छ ।

कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले स्वतन्त्रता जोगाउन, राष्ट्रिय स्वाभिमानको रक्षा गर्न, सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरण गर्न नेकपाले मात्रै सक्ने बताए ।

The post डा. बाबुराम र अशोक राईलाई नेकपामा आउन प्रचण्डको आग्रह appeared first on Koshi Online.

आज फाल्गुन ५ गते सोमबारको राशिफल पढ्नुहोस।

Previous articleएमसीसी पास गरे घातक : नेता रावल
Next articleहेटौंडामा ट्राफिक प्रहरीको ‘ड्रम कार्यक्रम’ले फ्लप खायो ! (फोटोफिचर)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।