
सिलगढी, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गरे घातक हुने बताएका छन् ।
डोटीको दिपायल सिलगढी नगरपालिकाले बुधबार सिलगढीमा भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रममा रावलले एमसीसी पास गरेको खण्डमा देशलाई नै घाटा हुने बताए ।
रावलले भने, “एमसीसीको सम्झौतापत्रमा उल्लेख भएका कुरा नपढी कयौँ नेताजीहरुले पास गरौँ भन्दैछन्, एक चोटी सम्झौता पढ्नुस् सही÷गलत आफैँ छुट्टिने छ ।”
राष्ट्र र राष्ट्रियताको हितमा एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रियरूपमा चर्चाको विषयसमेत बनेकाले एमसीसीलाई कुनै पनि हालतमा पास गर्न नहुने उनको भनाइ छ ।
The post एमसीसी पास गरे घातक : नेता रावल appeared first on Koshi Online.

चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
