चितवनमा अवैध काठको गोलिया सहित बोलेरो नियन्त्रणमा

Click Image

रत्ननगर- चितवनको कालिका नगरपालिकामा अवैध काठको गोलिया सहित बोलेरो गाडी नियन्त्रणमा लिइएको छ । गत भदौ ३१ गते विहान ३ थान सालको गोलिया सहित कालिकाको वडा नं. १ बाट प्र.३-०३-००१ च १८६ नम्बरको बोलेरो नियन्त्रणमा लिईएको उदयपुर सामुदायिक वनका अध्यक्ष शंकर लामाले जानकारी दिए।

लामाका अनुसार वन समिति तथा हेरालुको टोलीले कालिका ७ लाहुरेचोक नजिकबाट सो गाडी नियन्त्रणमा लिन खोज्दा चालकले गाडी भगाएको र पिछा गर्ने क्रममा वडा नं. १ को केरा घारीमा लुकाईछिपाई राखेको अवस्थामा गाडी फेला पारिएको हो। गाडीको चालक भने फरार छन् ।

नियन्त्रणमा लिईएको काठ र गाडीलाई थप अनुसन्धानको लागी डिभिजन वन कार्यालय भरतपुर पठाईएको छ ।

Previous articleरविले भने- ‘अब चाहिँ अन्याय हुँदैन भन्ने आशा सहित म कारागार फर्कँदैछु’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।