रत्ननगर । रत्ननगर नगरपालि वडा नं. ५ को झुवानी माध्यामिक विद्यालयमा सोमबार विद्यार्थीहरुको रक्त समुह पहिचान गर्न रक्त नमुना संकलन गरिएको छ ।
नगर स्वास्थ्य केन्द्र टरौलीले निःशुल्क रुपमा विद्यार्थीहरुको रक्त समुह पहिचान गर्न वडा कार्यालयको सहयोगमा रक्त नमुना संकलन गरेको हो ।
मानिसको जन्मदेखि मृत्यु सम्म अतिआवश्यक पर्ने रगत र त्यसको पनि समुह पहिचान गर्न कार्याक्रम सुरु गरिएको वडाध्यक्ष बालकृष्ण चापागाईँले बताए ।
विद्यालय स्वास्थ्य कार्यक्रम मार्फत विद्यालय स्तरमै यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको भन्दै वडाध्यक्ष चापागाईँले विद्यार्थीहलाई सानै उमेरदेखि आफ्नो स्वास्थ्य प्रति सचेत रहन सहयोग पुग्ने बताए ।
नगर स्वास्थ्य केन्द्र टरौलीका स्वास्थ्यकर्मी र वडा स्थित स्वास्थ्य स्वयमसेविकाको उपस्थितिमा विधार्थीहरुको रगतको नमुना संकलन गरिएको स्वास्थ्य केन्द्रका प्रमुख सिनियर अहेब गोविन्द प्रसाद शर्माले बताए ।
मानव जीवनमा अतिनै आवश्यक पर्ने रगत त्यसमा पनि रक्त समुह पहिचान गर्न विद्यालय रक्त समुह संकलन शिविर सञ्चालन गर्नु निकै उपयोगिता रहेको विद्यालयका प्रध्यानाध्यापक नविनचन्द्र भट्टराईले बताए ।
उनले विद्यालयका ४६० विधार्थी मध्य करिब ३ सय विद्यार्थीको रक्त समुह पहिचान गर्ने लक्ष्य रहेको जानकारी दिए ।

