नेपालमा कोरोना बाट दोश्रो मृत्यु: बाँकेमा मृत्यु भएका युवा पनि कोरोना संक्रमित भएको पुष्टि

नेपालमा कोरोना बाट दोश्रो मृत्यु: बाँकेमा मृत्यु भएका युवा पनि कोरोना संक्रमित भएको पुष्टि

उज्यालो नेपाल, जेठ ४ : बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवाको पनि कोरोना कै कारण मृत्यु भएको पुष्टि भएको छ । उनको क्वारेन्टाइनमा बसेकै अवस्थामा मृत्यु भएको थियो ! गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार क्वारेन्टाइनमा रहेका उनको एक्कासी स्वास्थ्यमा खराबी आएसँगै मृत्यु भएको हो।’उनमा एक्कासी ज्वरो देखियो। बिपी बढ्यो। अनी मृत्यु भयो,’ अध्यक्ष शाहले भने!

मृत्यु हुने नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवा हुन्। उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। मृतक युवामा कोरोना भाइरसका सामान्य लक्षण अगाडि नै देखिएको बताइएको छ। ‘हिजो रातीसम्म स्वास्थ्य ठिक थियो। एक्कासी अनकन्सियस भएर मृत्यु भयो,’ गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोहीन खाँले भने, ‘सुरुवातमा लक्षण अलिअलि थियो। तर पनि त्यस्तो गाह्रो थिएन्। विहान एक्कासी त्यस्तो भयो।’

सांकेतिक तस्विर

नरैनापुरमा हाल ११ वटा क्वारेन्टाइन तयार छन्। त्यहाँ ६ सय २६ जना रहेको अध्यक्ष शाहले जानकारी दिए। नरैनापुरमा भारतबाटै आएका आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। मृतक युवाको शव अहिले पनि क्वारेन्टाइनमै रहेको छ।

मालवाहक रेल चलाउन उद्योगी व्यवसायीको माग

Previous articleकोरोनाले ज्यान गुमाउने सुत्केरी महिलाको शव व्यवस्थापन गर्ने यी ४ जना को हुन्?? चिन्नुहोस्
Next articleविदेश बाट हरेक दिन ६ हजारको उ’द्दार गर्ने प्रस्ताव: प्रधामन्त्रीले ओके भने काम थालिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।