विदेश बाट हरेक दिन ६ हजारको उ’द्दार गर्ने प्रस्ताव: प्रधामन्त्रीले ओके भने काम थालिने

४ जेठ, काठमाडौं । सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उ’द्दार गर्ने तयारी गरेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ । ‘यूएई लगायतका देशले ‘आफ्नो नागरिक लैजाऊ’ भनेर द’बाव समेत दिन थालेका छन् । त्यसैले उ’द्दारका लागि गृहकार्य थालेका छौं’ एक मन्त्रीले भने, ‘बाँकी प्रधानमन्त्रीमा भर पर्छ ।’

यसअघि पनि विदेशमा रहेका नेपालीहरुको उ’द्दारबारे छलफल गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अ’स्वीकार गरेका थिए । प्रधानमन्त्री सहमत भए आवश्यक तयारी गरेर आफ्ना नागरिकको उ’द्दार गर्ने समितिको तयारी छ । उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन स्थलमार्ग अर्थात भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ । ‘हाम्रो प्राथमिकता रोजगारी गुमाएका, आमामाफी पाएका, विद्यार्थीहरु हुनेछन्’ स्रोतले भन्यो ।

यसरी उ’द्दार गरेर ल्याइनेहरुलाई केहीदिन काठमाडौं र पोखरा र होटलमा क्वारेन्टाइन गरिनेछ । र, यसको खर्च क्वारेन्टाइनमा बस्ने व्यक्ति आफैंले व्यहोर्नुपर्नेछ । केही दिनको क्वारेन्टाइनपछि परीक्षण गरेर सम्बन्धित स्थानीय तहमा पठाइनेछ । स्थानीय तहमा केही दिन क्वारेन्टाइनमा बसेपछि पुनः परीक्षण गरेर मात्र घर जान दिइनेछ ।परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार तत्काल उद्दार गर्नुपर्नेहरुको संख्या केही लाख हुनेछ ।

धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने

Previous articleनेपालमा कोरोना बाट दोश्रो मृत्यु: बाँकेमा मृत्यु भएका युवा पनि कोरोना संक्रमित भएको पुष्टि
Next articleश्रीमतीको लागि ब्लड लिन हिँडेका वृद्धलाई सेनाले सडकमै नांगै बनाए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।