भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु, स्वाब परीक्षणको लागि पठाइयो

भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु, स्वाब परीक्षणको लागि पठाइयो

चितवन – चितवनस्थित भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षिय एक वृद्दको आज (मंगलबार) बिहान मृत्‍यु भएको अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । ४ महिनादेखी टिबीको औषधी लिईरहेका ति ब्यक्तीमा श्वासप्रश्वासको समस्या भएपछि आइतबार राती ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनमा लामो समदेखी फोक्सो र श्वासप्रश्वासमा समस्या भएको पौडेलले बताए ।

स्थानिय अस्पतालले क्यान्सरको आशंकामा उनलाई उपचारको लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान रिफर गरेको र त्यस अघी कोरोना भाइरसको स्वाब संकलन तथा परीक्षणको लागि हिजो राती भरतपुर अस्पताल ल्याएको पौडेलले बताए । उनको मृत्‍युको कारण भने खुल्न सकेको छैन । मृतकको स्वाब परीक्षणको लागि भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला पठाईएको छ ।

‘विदेशी ग्यास छाडौँ स्वदेशी विद्युत् जोडौँ’ अभियानलाई थप प्रवर्द्धन गर्ने सरकारको तयारी

Previous articleखुसीको खबर: कोरोना विरुद्ध मानिसमा गरिएको पहिलो चरणको परीक्षण खोप सफल भएकाे दाबी
Next articleसामुन्द्रिक तटको झल्को दिनेगरी रेणु दाहालको अगुवाईमा नारायणी किनारमा ‘रिभर साइड बिच’ निर्माण सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।