Home Uncategorized सामुन्द्रिक तटको झल्को दिनेगरी रेणु दाहालको अगुवाईमा नारायणी किनारमा ‘रिभर साइड बिच’...

सामुन्द्रिक तटको झल्को दिनेगरी रेणु दाहालको अगुवाईमा नारायणी किनारमा ‘रिभर साइड बिच’ निर्माण सुरु

सामुन्द्रिक तटको झल्को दिनेगरी रेणु दाहालको अगुवाईमा नारायणी किनारमा ‘रिभर साइड बिच’ निर्माण सुरु

चितवन । भरतपुर महानगरपालिका र उद्योग बाणिज्य संघ चितवनको साझेदारीमा नारायणी नदी किनारमा ‘रिभर साइड बिच’ निर्माणको काम सुरु भएको छ । महानगरको ८० प्रतिशत र संघको २० प्रतिशत लगानी साझेदारीमा रिभर साइड बिच निर्माण सुरु गरिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

चितवन महोत्सव लाग्ने स्थलको करिब एक किलोमिटरको लम्बाइमा ‘बिच’ निर्माण हुने उनले बताए । यसका लागि करिब २५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ‘सकभर मेरै कार्यकाल भित्र सक्ने लक्ष्य हो’, उनले भने, ‘नसकिए आउने अध्यक्षको कार्यकालमा हुन्छ । बिचमा १० वटाजति क्याफे, रेष्टुरेन्टहरु पनि रहन्छ ।’

भेज खाजा पाइने क्याफे, मेसिनबाट बनाइने पानीपुरी, आइसक्रिम लगायतका पसलहरु रहने उनको भनाइ छ । बिचमा बोटिङका क्रियाकलापहरु पनि रहने उनले बताए । ‘रिभर साइड बिच’ निर्माण भइसकेपछि सोहि स्थानमा महोत्सव सञ्चालन हुने र त्यसबाट आएको आम्दानी नदी किनारको बृहत्तर विकास र क्याम्पा चौरमा निर्माण हुने मिनि स्टेडियममा खर्च गरिने श्रेष्ठले वताए ।

‘बिच’मा महिनामा एकपटक सांगितिक कार्यक्रमको आयोजना गर्न सकिने उनी बताउँछन् । त्यहाँ पुग्ने सर्वसाधारणसँग कुनै पनि प्रवेश शुल्क नलिइने उनले स्पष्ट पारे । त्यस ठाउँमा पैदल ट्राक पनि बनाइने उनले बताए ।

बजेटले राखेको लक्ष्य र दृष्टिकोण स्पष्ट छ : अर्थमन्त्री

Previous articleभरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु, स्वाब परीक्षणको लागि पठाइयो
Next articleप्रधानमन्त्री ओलीलाई उभिएर बोल्न गाह्रो भयो (लाईभ)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।