बलिउड अभिनेत्री अनुष्का शर्माविरुद्ध अरुणाचल प्रदेशको अल अरुणाचल । प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोगमा मुद्दा दायर गरेको छ । अनुष्का शर्मा निर्मित वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलामाथि अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरिएकाले उनीविरुद्ध अरुणाचल प्रदेशको गोर्खा समाजले मानव अधिकार आयोगमा मुद्दा दायर गरेको हो ।
पाताल लोकमा नेपाली महिलामाथि प्रयोग गरिएको अत्यन्त आपत्तिजनक दृश्य र संवादका कारण अहिले अनुष्का शर्मा विवादमा तानिएकी छिन् । उक्त वेब सिरिजले नेपाली भाषीहरुको अपमान भएको भन्दै यतिबेला विश्वभरबाट अनुष्का शर्माको आलोचना भइरहेको छ । उनको विरोधमा भारतका विभिन्न प्रान्तमा रहेका गोर्खा समाज आ-क्रोशित बनेका छन् । सो क्रममा शर्माविरुद्ध विभिन्न स्थानमा मानहानी सम्बन्धी मुद्दा दर्ता गरिएको छ ।

बलिउड अभिनेत्री शर्माविरुद्ध अल अरुणाचल प्रदेश गोर्खा युथ एसोसिएशनले मात्र नभएर । दिल्ली बस्दै आएकी दार्जिलिङ निवासी अञ्जनी शर्माले पनि मानव अधिकार आयोग र दिल्लीको साइबर क्रा-इममा सोमबार मुद्दा दायर गरेकी छन् । पाताल लोकमा नेपालीभाषी महिलामाथि जुन प्रकारको शब्द प्रयोग गरिएको छ, त्यो अत्यन्त निन्दनीय छ। त्यो आपत्ति जनक र न-श्ल-वादी टिप्पणी हो’,।
यो पनि पढ्नुहोस्: Patal Lok Nepali Co-ntroversy (Video)
शर्मा भन्छिन्, ‘त्यसैले मैले अनुष्का शर्माविरुद्ध मानव अधिकार आयोग र साइबर क्रा-इ-ममा उनीविरुद्ध मुद्दा दायर गरेकी हुँ । अञ्जनी शर्मा गोर्खाल्यान्ड संयुक्त सङ्घर्ष समितिकी प्रवक्ता पनि हुन् । अर्कोतिर भारतभर सङ्गठन रहेको भारतीय गोर्खा परिसङ्घको युवा एकाइ भारतीय युवा गोर्खा परिसङ्घले पनि अभिनेत्रीविरुद्ध भारत सरकारको सूचना एवं प्रसार मन्त्रालयमा ‘अनलाइन उजुरी’ दायर गरेको छ ।
युवा परिसङ्घका राष्ट्रिय संयोजक नन्द देवानका अनुसार पाताल लोकमा । नेपालीभाषी महिलामाथि गरिएको टिप्पणी एक करोड ५ लाख भारतीय गोर्खामाथिको अपमान हो। उनीहरूले यस संवादका लागि अमेजन प्राइम, निर्माता अनुष्का शर्माले माफी माग्नुपर्ने । तथा बेव सिरिजबाट उक्त दृश्य र संवाद हटाउनुपर्ने माग गरेका छन् । मे १५ का दिन रिलिज भएको अमेजन प्राइमको वेब सिरिज पाताल लोकमा ।
पूर्वोत्तर भारतको एक जनजाति महिलालाई ‘नेपाली वेश्या’को रूपमा देखाउन खोजिएको छ । वेब सेरिजको दृश्य र संवादले चो-ट पुगेपछि भारतस्थित गोर्खा समाजले यसको विरोधमा मानव अधिकार आयोगसमक्ष मुद्दा दर्ता गरिसकेको छ । तर अहिलेसम्म पनि अमेजन प्राइम र अनुष्का शर्माबाट कुनै स्पष्टीकरण आएको छैन।
विश्व बैङ्कले मध्य, पश्चिम अफ्रिकाको लागि शैक्षिक कोष दोब्बर पार्ने


