चितवनमा चो’रीको घटना ह्वात्तै बढ्यो; मोबाईल पसलमा २० लाख भन्दा बढीको चो’री

चितवनमा चो’रीको घटना ह्वात्तै बढ्यो; मोबाईल पसलमा २० लाख भन्दा बढीको चो’री

चितवन । पूर्वी चितवनको रत्ननगर-१, सौराहाचोकस्थित गंगा प्लाजामा रहेको सगरमाथा मोबाइल पसलमा मंगलबार राति चो’री भएको छ । चो’रले नयाँ र पुराना गरी करिब ५५/६० वटा मोबाइलसहित नगद र रिचार्ज कार्ड चो’री भएको सगरमाथा मोबाइलका सञ्चालक शंकर पौडेलले जानकारी दिए । पसलमा मर्मतका लागि आएका एप्पलको आइफोनलगायत मोबाइल चो’री भएका छन् । करिब २० लाख रुपैयाँ बराबरको चो’री भएको पौडेलले दाबी गरेका छन् ।

रत्ननगरमा पछिल्लो समय चो’रीको घटना बढ्नु गम्भीर भएको भन्दै यसप्रति प्रशासनले गम्भीररुपमा अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन कार्कीले बताएका छन् । मोबाइल पसल चो’री भएको पसलमा रहेको सिसि क्यामेरामा देखिएको छ । सिसिटिभी फुटेजमा अन्दाजी १९ वर्षका देखिने तराईमुलका व्यक्तिले सटरको माथिल्लो भागबाट प्रवेश गरी जिप्सन काटेर पसलभित्र प्रवेश गरेको देखिन्छ ।

फाईल फोटो: सगरमाथा मोबाईल

सिसिटिभीमा चोरले पसलमा करिब एक घन्टा बिताएको र छानी छानी सामान चो’री गरेको देखिएको छ । यसअघि गत बुधबार रत्ननगर १ बकुलहरमा इलाका प्रहरी कार्यालय नजिकै किराना पसल र कम्प्युटर पसलमा चो’री भएको थियो । लकडाउनमा चितवनमा चो’रीका घटना बढिरहेका छन् ।

भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन

Previous articleनेपाली महिलाको अपमान गरेको भन्दै बलिउड अभिनेत्री अनुष्का शर्माविरुद्ध मुद्दा दर्ता
Next articleमनिषा कोईरालाले नेपाली नयाँ नक्साको समर्थन गरेपछि भारतमा हङ्गामा; मनिषालाई भारतबाट लखेट्न मागः
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।