यूएईको भिसा सम्बन्धी पहिलेको नियम खारेज, नयाँ नियम लागू

यूएईको भिसा सम्बन्धी पहिलेको नियम खारेज, नयाँ नियम लागू

यूएईले कोरोनाको कारण यसअघि लागू गरेको भिसा सम्बन्धी पहिलेको नियम खारेज गर्दै नयाँ निमय लागू गरेको छ । यूएईले जारी गरेको भिसा सम्बन्धी नयाँ नियम जुलाई १२ आइतबारदेखि लागू भएको छ । यूएईले कोरोनाको कारण यसअघि ३१ डिसेम्बर २०२० सम्मको लागि सबै किसिमका (रेसिडेन्स, भिजिट, टुरिस्ट) भिसा अवधि बढाउने भनिएको नियम खारेज गर्दै नयाँ नियम ल्याएको यूएईका स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

नयाँ नियम अनुसार मार्च र अप्रिल महिनामा भिसा अवधि सकिएकाहरुले जुलाई १२ देखि १ महिनाभित्र नयाँ भिसा लगाइ सक्नुपर्ने यूएईले जनाएको छ । जुन १ देखि जुलाई ११ सम्ममा भिसाको अवधि सकिएकाले सेप्टेम्बर १० देखि एक महिनाभित्र नयाँ भिसा लिनु पर्नेछ ।

यस्तैगरी जुन १ देखि जुलाई ११ सम्ममा भिसा अवधि सकिएकाले सेप्टेम्बर १० देखि एक महिनाभित्र नयाँ भिसा लिनुपर्ने र जुलाई ११ भन्दा पछि भिसाको म्याद सकिएकाले भने पहिलेकै नियम अनुसार नयाँ भिसाका लागि प्रक्रिया गर्नुपर्ने यूएई सरकारले जनाएको छ ।

बिदामा यूएईभन्दा बाहिर रहेका तर कोरोनाको कारण फर्कनुपर्ने समयमा फर्कने नसकेकाको हकमा भने दुई देशबीच उडान सुरु भएको एक महिनाको अवधिलाई ग्रेस अवधि भनेर दिएको छ । यूएईभन्दा बाहिर रहेका भिसाको अवधि सकिएकाहरुले नियमित उडान सुरु भएको एक महिनाभित्र यूएई गएर नयाँ भिसा लिनुपर्ने नियम बनाइएको छ ।

भिजिट भिसाको हकमा भने यूएईले प्रष्ट भनेको छैन । यसअघि भिजिट भिसासहित अन्य भिसाको हकमा डिसेम्बरसम्म भिसाको म्याद थपिने भनेकाले यो अहिले नियम रद्द हुँदा भिजिट भिसाको हकमा पनि त्यही नियम लागू हुन सक्छ । तर प्रष्ट भने पारिएको छैन ।

राजमार्गमा ऐँसेलु बेच्नेहरु…

Previous articleसपनामा रतौली गाएको देखेपछी भयो यस्तो हेर्नुहोस् भिडियो
Next articleमेलम्चीको सुरूङमा इन्जिनियरसहित २ जना बेपत्ता (लाईभ भिडियो सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।