मेलम्चीको सुरूङमा इन्जिनियरसहित २ जना बेपत्ता (लाईभ भिडियो सहित)

मेलम्चीको सुरूङमा इन्जिनियरसहित २ जना बेपत्ता (लाईभ भिडियो तल अन्तिममा हेर्नुहोला)

मेलम्ची खानेपानी आयोजनाको पानी छाडेको सुरूङमा मंगलबार दुई जना बेपत्ता भएका छन्। सुरूङबाट पानी परीक्षण भइरहेका बेला १७ नम्बरको गेटबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएका हुन्। सुरूङमा बेपत्ता चार जनामध्ये २ जनाको उद्धार गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

‘दुई जनाको उद्धार गरेर हेलिकप्टरबाट काठमाडौं पठाउँदैछौं,’ प्रजिअ ढकालले भने, ‘हराइरहेकाहरूको खोजी गर्दैछौं।’ ईञ्जिनियर सतिस गोइत र चालक राधाकृष्ण थापा मगर बेपत्ता छन्। परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्केपछि उनीहरू अवस्था बुझ्न गएका थिए। परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्केपछि उनीहरू अवस्था बुझ्न गएका थिए।

‘परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्कियो। त्यसले गर्दा समस्या आयो। दुई जनालाई उद्धार गरियो। दुई जनालाई पानीले ह्वात्तै फालिदिएकोले खोजी हुँदैछ,’ उनले भने। ईञ्जिनियर शेखर खनाल र साइट एसिस्टेन्ट प्रेम तामाङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। घटना हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित आयोजनाकै सुरूङमा भएको हो।घटना हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित आयोजनाकै सुरूङमा भएको हो।

सन्दर्भ गणतन्त्र दिवस : राससमा तस्विर प्रदर्शनी सुरु

Previous articleयूएईको भिसा सम्बन्धी पहिलेको नियम खारेज, नयाँ नियम लागू
Next articleविदेशमा रहेका नेपालीलाई खुसीको खबर; हवाई उडान खोल्ने तयारी : पहिले आन्तरिक त्यसपछि मात्र अन्तर्राष्ट्रिय !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।