धादिङमा भएको दुर्घटनामा चितवनका को को परे ? (नामावली)

उज्यालो नेपाल। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा भएको दुर्घटनामा परेका घाइतेमध्ये २५ जना चितवनका रहेको खुलेको छ।

दुर्घटनामा परेको कालिका नगरपालिका वडा नम्बर ६ मा रहेको माध्यमिक विद्यालय रेडक्रसग्रामको स्कुल बसमा सवार शिक्षक विद्यार्थी र बसचालक घाइते भएका हुन्।
घाइतेमध्ये १८ जना डिस्चार्ज भइसकेका छन् भने सातजनाको विभिन्न अस्पतालमा उपचार भइरहेको कालिकाका मेयर विनोद रेग्मीले जानकारी दिए।

घाइतेहरूको नामावली र अवस्था

स्कुल बस मा सवार घाइतेहरू (श्री सेकेन्डरी स्कुल रेडक्रस ग्राम, चितवन)

उदय बहादुर थापा (४२ वर्ष, चालक)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: सामान्य (दाहिने खुट्टामा चोट), उपचार भइरहेको।

सुवित थिङ (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: सामान्य, डिस्चार्ज।

कबिता सिङ (१५ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: टाउकोमा १० टाँका, खुट्टामा सामान्य चोट, डिस्चार्ज।

यमवि श्रेष्ठ (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: निधारमा १० टाँका, सामान्य, डिस्चार्ज।

रमित परियार (१५ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: दाहिने आँखा माथि १४ टाँका, सामान्य, डिस्चार्ज।

समिर मगर (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: टाउको र ढाडमा सामान्य चोट, डिस्चार्ज।

इस्माईल थिङ (१५ वर्ष)
ठेगाना: कालिका न.पा.–३, चितवन
अवस्था: सामान्य (आँखा र दाहिने हातमा चोट), उपचार भइरहेको।

कमला लामिछाने (३२ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: सामान्य (दाहिने खुट्टामा चोट), उपचार भइरहेको।

सचिन गुरुङ (१३ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: सामान्य (छातीमा भित्री चोट), उपचार भइरहेको।

शिव लामिछाने (२३ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: सामान्य (दुवै खुट्टामा भित्री चोट), उपचार भइरहेको।

आस्विन प्रजा (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: मध्यम (टाउकोमा चोट), ट्रमा सेन्टर काठमाडौँमा उपचाररत।

राधिका चेपाङ (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: सामान्य (खुट्टामा चोट), ट्रमा सेन्टर काठमाडौँमा उपचाररत।

मिलन तामाङ (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: सामान्य, ट्रमा सेन्टरबाट डिस्चार्ज।

कशिस तामाङ (७ वर्ष)
ठेगाना: कालिका न.पा.–७, चितवन
अवस्था: सामान्य (घाँटीमा चोट), डिस्चार्ज।

सन्तोस प्रजा (१८ वर्ष)
ठेगाना: कालिका न.पा.–३, चितवन
अवस्था: सामान्य (बायाँ हात र टाउकोमा चोट), डिस्चार्ज।

बिराज तामाङ (१५ वर्ष)
ठेगाना: कालिका न.पा.–३, चितवन
अवस्था: सामान्य (घाँटीमा चोट), डिस्चार्ज।

जयराम अर्याल (१२ वर्ष)
ठेगाना: कालिका न.पा.–७, चितवन
अवस्था: सामान्य (टाउकोमा चोट), डिस्चार्ज।

निशान गुरुङ (१७ वर्ष)
ठेगाना: कालिका न.पा.–७, चितवन
अवस्था: सामान्य (टाउको र अनुहारमा चोट), डिस्चार्ज।

समिर परियार (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: सामान्य (नाकमा चोट), डिस्चार्ज।

जसमिन श्रेष्ठ (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–३, चितवन
अवस्था: सामान्य (बायाँ कोखामा चोट), डिस्चार्ज।

कमल गुरा (२० वर्ष)
ठेगाना: कालिका न.पा.–२, चितवन
अवस्था: टाउको सुनिएको, डिस्चार्ज।

रबिना सुनार (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–७, चितवन
अवस्था: सामान्य (बायाँ हातमा चोट), डिस्चार्ज।

प्रतिमा मगर (१८ वर्ष)
ठेगाना: इच्छाकामना गा.पा.–७, चितवन
अवस्था: सामान्य (दाहिने खुट्टा दुखेको), डिस्चार्ज।

आयुब बि.क. (१४ वर्ष)
ठेगाना: कालिका न.पा.–७, चितवन
अवस्था: सामान्य (दुबै हातमा चोट), डिस्चार्ज।

बिमला तामाङ (१५ वर्ष)
ठेगाना: कालिका न.पा.–७, चितवन
अवस्था: सामान्य (दाहिने खुट्टा र बायाँ हातमा चोट), डिस्चार्ज।

Previous articleचितवनबाट काठमाडौँ भ्रमण गएर फर्कंदै गरेका विद्यार्थी बोकेको बस धादिङमा दुर्घटना
Next articleTop Slots and New Casino Games Featured at Lucky Carnival Casino Today
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।