उज्यालो दर्पण- रत्ननगरमा गैंडाको आक्रमणबाट एकजना घाइते भएका छन् । रत्ननगरको वडा नं. ४ घोलखेतमा सोमबार विहान ४ बजे खेतमा धान टिप्न गएका ७६ वर्षका रामचन्द्र तिवारी गैडाको आक्रमणबाट घाइते भएका हुन् ।
गैंडाको आक्रमणबाट घाइते तिवारीको ढाडको दुईवटा हड्डी भाँचिएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उनको हाल भरतपुर सरकारी अस्पतालमा उपचार भईरहेको छ ।


