पाल्पामा माटोको ढिस्कोले पुरिँदा तीन महिला घाइते

कालीगण्डकी नदीको किनारामा पूजा गर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा तीन जना घाइते भएका छन्।

तानसेन नगरपालिका–१४ ऋषिकेश मन्दिरदेखि तल कालीगण्डकी नदीमा स्नान गरी पूजा गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा तीनजना महिला घाइते भएका हुन्।

घाइते हुनेमा कपिलवस्तु बाणगंगा नगरपालिका–९ का ७१ वर्षीय गोमा आचार्य, कपिलवस्तुकै विजयनगर नगरपालिका–४ का ५६ वर्षीय केशरदेवी खत्री र रुपन्देही जिल्लाको बुटबल उपमहानगरपालिका–११ देवीनगरकी ४० वर्षीया बिमला पौडेल रहेको प्रहरी चौकी अर्गलीका प्रहरी सहायक निरीक्षक धर्मबहादुर घर्तीले बताए।

घाइतेको अहिले तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। रासस

निःशुल्क खाना अभियानले होटल सुकाए पछि…

Previous articleआज माघ ११ गते शनिबार, आजको राशिफल पढी शे’यर गर्नुहोस।
Next article९० फिटमाथि टावरबाट लडेपछि जुरुक्क उठेर हिँडिन् एक महिला!
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।