९० फिटमाथि टावरबाट लडेपछि जुरुक्क उठेर हिँडिन् एक महिला!

९० फिटमाथिको उचाइबाट उनी लड्छिन्। निकै माथिबाट उनी भुइँमा बजारिन पुग्छिन्।

तर संयोगबस उनलाई केही हुँदैन। जब उनी भुइँमा बजारिन्छिन्, उनी जुरुक्क उठेर हिँड्न थाल्छिन्।

तल हिउँ थुप्रिएको हुन्छ। हिउँ भएरै उनी बाँचेको बताइएको छ। तर हिउँ धेरै बाक्लो पनि हुँदैन।

प्रहरीका अनुसार ती महिलाले केही बेरपछि स्थानीयलाई एम्बुलेन्स बोलाउन आग्रह गरेकी थिइन्।

अस्पतालमा उनमा सामान्य चोट भएको पाइएको छ। उनको कुनै पनि हड्डीमा समस्या नभएको बताइएको छ। एजेन्सी

पशु स्वास्थ्य शिविर सम्पन्न

Previous articleपाल्पामा माटोको ढिस्कोले पुरिँदा तीन महिला घाइते
Next articleचिकित्सकहरु भन्छन् : नेपालमा देखिएको ‘कोरोना भाइरस’ खतरनाक छैन, डराउनु पर्दैन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।