युएईमा ५ महिनामा ११० जना नेपालीको मृ’त्यु

युएईमा पछिल्लो ५ महिनामा १ सय १० जना नेपालीको मृ’त्यु भएको छ। अबुधाबीस्थित नेपाली दूतावासका अनुसार ११ मार्च देखि ११ अगष्ट सम्मको अवधिमा ५ महिला र १ सय ५ पुरुषको विभिन्न कारणले ज्या’न गएको हो। यी मध्ये ३६ जनाको कोरोनाका कारण ज्या’न गएको हो। यसैगरी कोरोनाका कारण मृ’त्यु भएका ३६ वटा श’वसहित ६९ वटा श’वको सम्बन्धित परिवारको सहमति लिएर युएईमै अ’न्त्योष्टि गरिएको नेपाली दूतावासले जनाएको छ।

यसैगरी उद्दार उडानमार्फत २६ वटा शव नेपाल पठाइएको दूतावासको भनाइ छ। बाँकी रहेका श’वहरु मध्ये ४ जनाको श’व नेपाल पठाउने तयारीमा रहेको र ११ जनाको श’व अनुस’न्धानका लागि विभिन्न अस्पतालका श’वगृहमा राखिएको दूतावासले जानकारी दिएको छ।

६९ वटा श’वको सम्बन्धित परिवारको सहमति लिएर युएईमै अन्त्योष्टि गरिएको छ भने २६ वटा श’व नेपाल पठाईएको दूतावासले जनाएको छ।

यस वर्ष ५ महिनाको अवधिमा भएको नेपालीहरुको मृ’त्युको संख्या अघिल्लो वर्षको पुरै अवधिमा भएको मृ’त्युको संख्याभन्दा धेरै रहेको छ। सन २०१९ को एक वर्षमा १ सय ५ जना नेपालीको मृ’त्यु भएको थियो।

दुई महिनामा १३ हजार बढी स्वदेश फर्किए

कोरोना प्रभावित नेपालीहरुको उद्दार प्रक्रिया शुरु भएयताको पछिल्लो दुई महिनामा युएईबाट १३ हजार ७ सय ८५ जना नेपाली स्वदेश फर्किएका छन्।कोरोनाबाट प्रभावित नेपालीहरुलाई स्वदेश फर्काउन गएको जुन १६ देखि युएईबाट उद्दार उडान शुरु गरिएको थियो।

यसबीच भएको ८२ वटा उडान मार्फत १३ हजार ७ सय ८५ जना नेपाली स्वदेश फर्किएको  दूतावासले जानकारी दिएको छ। दूतावासले स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुको विवरण संकलन गर्न २८ अप्रिलदेखि अनलाईन फारम दर्ता खुला गरेको थियो। अहिलेसम्म उक्त फारम भर्नेहरुको संख्या ४२ हजार पुगेको दूतावासले जनाएको छ। नागरिक न्युज बाट 

भौतिक पूर्वाधारमा लगानी बढाइँदै

Previous articleदुःखद खबर: घर फर्किन टिकट लिएका नेपाली युवाको परदेशमै गयो ज्यान
Next articleकुखुरा’को मासुमा पनि देखियो कोरोना भाइ’रस संक्रमण….
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।